काठमाडौँ, २८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।
बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि शाहले राजीनामा दिएका हुन् ।
गत असार ३१ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिने समयसीमा पनि बिहीबार नै सकिएको थियो ।












