काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति भएको दाबी गर्दै चुनदेवीस्थित सम्पर्क कार्यालयमा उनको नामको बोर्ड र छुट्टै कार्यकक्षको व्यवस्था गरेको छ ।
करिब साढे पाँच महिनापछि नेपाल फर्किएका देउवालाई सभापतिकै हैसियतमा प्रस्तुत गर्दै इतर समूहले भेला समेत आयोजना गरेको छ ।
यता, जारी केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले देउवालाई स्वास्थ्य लाभको शुभकामना दिँदै स्वागत गरेका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसेले भने नेमप्लेट राख्दैमा कोही आधिकारिक नहुने भन्दै इतर समूहको गतिविधिबारे पार्टीले औपचारिक धारणा नबनाएको बताएका छन् ।
केन्द्रीय समिति बैठकमा यस विषयमा प्रस्ताव आएपछि छलफल हुने उनले जानकारी दिए ।












