काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा जारी छ ।
बैठकको सुरुवात गर्दै सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेश फिर्तीमा स्वागत गरेका छन् ।
स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका देउवाले त्यहाँ उपचारपछि थप परामर्शका लागि हङकङ पुगेका थिए। उनी बिहीबार स्वदेश फर्किएका हुन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा दम्पतीमाथि बुढानीलकण्ठस्थित निवासमा गम्भीर कुटपिट भएको थियो ।












