काठमाडौं, १७ साउन । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम गरिएको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।















