नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री निवास नजिक नीट परीक्षा विवाद र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै धर्नामा बसेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।
करिब तीन घण्टासम्म चलेको प्रदर्शनपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच धकेलाधकेल भएको थियो। प्रहरीले लाठीचार्ज गर्दै कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे, अखिलेश यादवसहितका नेताहरूलाई हिरासतमा लिएको हो ।
सरकारका तर्फबाट दुई चरणमा वार्ताको प्रयास भए पनि शिक्षा मन्त्रीको राजीनामाको मागमा सहमति हुन नसकेपछि प्रहरीले प्रदर्शन हटाएको बताइएको छ ।














