काठमाडौं, ४ साउन । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।
सातामा दुई दिन सार्वजनिक बिदा लागू भइसकेको अवस्थालाई ध्यानमा राख्दै अन्य बिदा घटाउने वा पुनरावलोकन गर्ने विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदललाई दिइएको छ ।
बैठकले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तालिका तत्काल तयार गरी सार्वजनिक खरिद प्रक्रिया तीव्र बनाउने तथा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत राहत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।














