काठमाडौं, २६ असार । ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ लिनेमा न्याम्स, पाटन, बीपी कोइराला, पोखरा, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू रहेका छन् ।
नेपाल सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि–२०८३ अनुसार छनोट समितिको सिफारिसका आधारमा उनीहरूलाई नियुक्त गरेको हो ।














