काठमाडौं, २५ असार । सरकारले स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठानसहित ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा रिक्त पदमा नियुक्ति गरेका हुन् ।
नियुक्त हुनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र रहेका छन् ।
सरकारले उपकुलपति पदका लागि आह्वान गरेको आवेदनमा ६ प्रतिष्ठानका लागि ११३ जनाले आवेदन दिएका थिए । छनोट समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा सिफारिस गरेको थियो ।














