काठमाडौं, २३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। यसअघि पद रिक्त भएपछि आयोगको जिम्मेवारी कार्यवाहक उपाध्यक्षमार्फत सञ्चालन हुँदै आएको थियो।














