काठमाडौं, २१ असार। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ।
कार्यदलका संयोजक असिम शाहले मस्यौदा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरोकारवाला निकाय, संविधानविद् तथा विभिन्न राजनीतिक दलसँग छलफल सम्पन्न भएको बताए।
कार्यदल अहिले प्रतिवेदन लेखनको चरणमा रहेको र तयार भएपछि प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरिने उनले बताए।














