जनकपुर, १६ असार । जनकपुरधामका विभिन्न सडकमा बालुवा बोकेका टिपरहरू पछाडिबाट पानी चुहाउँदै सञ्चालन भइरहेका देखिएका छन् ।
यसले सडकमा हिलो फैलिनुका साथै अन्य सवारी चालक र पैदलयात्रीलाई समेत सास्ती भएको स्थानीयको गुनासो छ । बालुवालाई भिजाएर ढुवानी गर्दा टिपरबाट लगातार पानी चुहिने गरेको देखिन्छ ।
यसका कारण सडक फोहोर हुने, दुर्घटनाको जोखिम बढ्ने तथा ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न हुने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीले सम्बन्धित निकायले यस्ता सवारीसाधनको नियमित अनुगमन गरी आवश्यक मापदण्ड पालना गराउन तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाही गर्न माग गरेका छन्।
जनकपुरको मुख्य सडकमा यस्ता टिपर निर्वाध रूपमा सञ्चालन हुँदा सर्वसाधारणले दैनिक सास्ती व्यहोर्नुपरेको छ ।














