काठमाडौं, १३ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुरमा आफ्नै छोराको कुटपिटबाट ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार साँझ २४ वर्षीय किरण चौधरीले आमामाथि कुटपिट गरेका थिए।
गम्भीर घाइते मेघियाको उपचारका क्रममा पाटन अस्पतालमा राति १ बजे मृत्यु भएको हो।
घटनामा संलग्न किरणलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।














