काठमाडौं, १२ असार । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले आफ्ना नेतालाई जोगाउँदै विपक्षी दलका नेतामाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरेको आरोप लगाएकी छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई एक जनाको बयानका आधारमा पक्राउ गरिएको भन्दै विरोध गरिन् ।
सरकारले आफ्ना नेतामाथिको फौजदारी अभियोग फिर्ता लिएको तर विपक्षीलाई निशाना बनाएको उनको आरोप थियो । झाँक्रीले सरकारले बङ्गलादेश र पाकिस्तानको शैलीमा राजनीतिक प्रतिस्पर्धीलाई दबाउने प्रयास गरिरहेको टिप्पणी गर्दै एक्सप्रेस–वेमा सरकारले लगातार गल्ती गरिरहेको र देश दुर्घटनाउन्मुख अवस्थामा पुगेको दाबी गरिन् ।
साथै, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग गरिन् ।














