काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को पहिलो चरणको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
हालसम्म ८० वटा भोटिङ मेसिनबाट संकलित मत गणना गरिएको छ । केन्द्रीय सदस्य खुलातर्फ डा. स्वर्णिम वाग्लेले २६०७ मतसहित अग्रता लिएका छन् ।
सोविता गौतमले २५९४, शिशिर खनालले २४९५, डा. तोशिमा कार्कीले २२५७, मनिष झाले २२३७ र कविन्द्र बुर्लाकोटीले २१८४ मत प्राप्त गरेका छन् ।
निर्वाचन ९९ जना केन्द्रीय सदस्य चयनका लागि भएको हो । अब प्रवासबाट खसेको मतको परिणाम पनि सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।














