चितवन, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पाँचौँपटक संशोधन गरिएको छ ।
नयाँ तालिकाअनुसार पार्टी पदाधिकारीको मतदान आज राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म हुने भएको छ ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता, दाबी–विरोध, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया साँझभित्रै सम्पन्न गरिनेछ ।
मतदान सकिएलगत्तै राति १२:१५ बजेदेखि मतगणना सुरु हुने र राति १ः३० बजे परिणाम घोषणा गर्ने कार्यतालिका तय गरिएको छ ।














