काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान पुनः स्थगित गरिएको छ।
यसअघि बुधबार राति साढे ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिए पनि निर्वाचन आयोगले मतदानको समय राति १० बजेसम्मका लागि सारेको जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरिनेछ भने त्यसलगत्तै मतपरिणाम सार्वजनिक गरिनेछ।











