KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

जनकपुर, १० असार । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले दलित समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले दलित समुदाय अझै पनि आर्थिक रूपमा सबैभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गर्दै समुदायको समृद्धिको प्रमुख आधार शिक्षा भएको बताएका छन् ।

केपी खबरका पत्रकार प्रवेश साहले सञ्चालन गरेको केपी बहस अन्तर्वार्तामा मन्त्री तत्माले दलित समुदायका बालबालिका वर्तमान शिक्षा प्रणालीबाट सबैभन्दा बढी प्रभावित भइरहेको बताए ।

दुई प्रकारको शिक्षा प्रणालीले अवसरमा असमानता सिर्जना गरेको भन्दै उनले समान र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न एकीकृत शिक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । मन्त्री तत्माले दलित सशक्तीकरणलाई केवल नारामा सीमित नराखी व्यवहारमा उतार्न मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार अति विपन्न दलित तथा मुस्लिम समुदायका लागि आवास, स्वास्थ्य, खानेपानी र शौचालय निर्माणका विशेष कार्यक्रम अघि सारिएका छन् । मधेश प्रदेशका १० हजारभन्दा बढी दलित तथा मुस्लिम परिवारलाई लक्षित गरी आवास तथा आधारभूत पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

युवाहरूको सशक्तीकरणलाई दलित उत्थानसँग जोड्दै मन्त्री तत्माले सीपमूलक तालिम, व्यावसायिक दक्षता विकास तथा सहुलियतपूर्ण स्टार्टअप ऋण उपलब्ध गराएर युवालाई स्वरोजगारतर्फ आकर्षित गरिने जानकारी दिए ।

विशेषगरी दलित, महिला, पिछडिएका तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

उनले बजेटमा दलित समुदायको शिक्षा, स्वास्थ्य, आवास तथा खेलकुद क्षेत्रमा पहुँच विस्तार गर्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै मन्त्री तत्माले दलित सशक्तीकरणलाई मधेश प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको बताए ।

Coming soon -Kp Bahas- interview

Facebook Comment

Related Posts

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

ताजा समाचार

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar