चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का केन्द्रीय सदस्यहरू पार्टीको प्रथम महाधिवेशन उद्घाटनस्थल भरतपुर–१० स्थित गेस्टहाउस चौरमा पुगेका छन् ।
गएरातिको वर्षापछि उद्घाटनस्थल जलमग्न बनेको अवस्थाको उनीहरूले अवलोकन गरेका हुन् ।
वर्षाका कारण प्रभावित मञ्चस्थलमा अहिले पानी सुकाउने तथा व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ ।














