जनकपुरधाम । श्री पुरुषोत्तम महिनाको पावन अवसरमा भारतको जयपुर निवासी द्वारा रजत जयन्तीको अवसरमा जनकपुरस्थित जानकी मन्दिरको सानिध्यमा भव्य ५६ भोग अर्पण गरेका छन्।
मन्दिरका उत्तराधिकारी महंत राम रोशन दास वैष्णवको अगुवाइमा आयोजित धार्मिक कार्यक्रममा विशेष पूजा–अर्चना तथा प्रसाद वितरण गरिएको थियो।
भगवानप्रति आस्था प्रकट गर्दै ५६ प्रकारका परिकार अर्पण गरेका हुन्। कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो।
महंत वैष्णवले यस्ता धार्मिक कार्यक्रमले सनातन संस्कृतिको संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
जनकपुरधाममा श्री पुरुषोत्तम महिनाभर विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।














