काठमाडौँ, ५ वैशाख। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ । उक्त प्रस्तावमाथि सोमबारदेखि छलफल सुरु भएको हो ।
वैशाख ३१ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
छलफल सकिएपछि बुधबारको बैठकमा उनले उठेका प्रश्नहरूको जवाफ दिने कार्यतालिका रहेको छ । यसैबीच राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ः१५ बजे बस्ने तय भएको छ ।














