काठमाडौं, ४ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अधिवेशनका उम्मेदवारहरूको शुल्क निर्धारण गरेको छ ।
कार्यविधिअनुसार जिल्ला सभापति पदका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षका लागि समान शुल्क तोकिएको छ ।
जिल्ला सदस्यका लागि १ हजार तथा निर्वाचन क्षेत्र उपसंयोजक र सचिवका लागि पनि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन गर्ने र जेठ २३–२४ गते जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
जिल्ला समितिमा सभापति, उपसभापति, सचिव र सहसचिव रहने व्यवस्था गरिएको छ भने विभिन्न संरचनाबाट प्रतिनिधित्व सुनिश्चित गरिने जनाइएको छ ।














