काठमाडौं, ४ जेष्ठ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिए ।
गत वर्ष एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । भण्डारीले पार्टी नेतृत्वतर्फ सक्रियता बढाएपछि ओली पक्षले पूर्वराष्ट्रपति सबैको साझा व्यक्ति हुने तर्क गर्दै उनलाई सक्रिय राजनीतिमा फर्कन नदिन खोजेको थियो ।
हाल एमालेले पुनः सदस्यता दिएपछि पार्टीभित्रको आन्तरिक समीकरण र भविष्यको नेतृत्वबारे नयाँ चर्चा सुरु भएको छ । अर्को सचिवालय बैठक जेठ ८ गते बस्ने बताइएको छ ।














