काठमाडौँ, ४ जेष्ठ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पहिलो चरणमा तीन सहकारी संस्थाका ३७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ । समितिका अनुसार कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम प्राप्त गरेको हो ।
पहिलो दिन कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमिक रूपमा रकम फिर्ता गरिने बताइएको छ ।
समितिका तथ्यांकअनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र सोभन्दा बढी बचत भएकालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ । कुल बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको समितिले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ता प्रक्रियासँगै सहकारीको ऋण असुली कार्य पनि तीव्र बनाइएको बताइन् । उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक भएपछि ऋण फिर्ता गर्ने क्रम बढ्न थालेको छ ।
समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल गरिएको छ । समितिले ऋण असुली र बचत फिर्ता कार्यलाई सँगसँगै अघि बढाइने जनाएको छ ।
य














