काठमाडौं, २४ चैत । स्वतन्त्र सांसद महावीर पुनले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिँदै गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् ।
संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले गोली चलाउने आदेश नदिए पनि सरकार प्रमुखको हैसियतले घटनाको जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे ।
उनले मातहतका कर्मचारीबाट भएको गल्तीसमेत नेतृत्वले स्वीकार गरी आवश्यक परे क्षमा माग्नुपर्ने बताए ।














