काठमाडौं, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्।
शीतल निवासमा बिहान ११ः१५ बजे शपथ कार्यक्रम तय भएको छ । समानुपातिक प्रणालीबाट निर्वाचित ७८ वर्षीय केसीले शपथपछि चैत १२ गते प्रतिनिधिसभाका २७४ सदस्यलाई शपथ गराउनेछन्।
सभामुख चयन नभएसम्म उनले नै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।














