काठमाडौँ, ७ चैत । नेपाल प्रहरी को लागुऔषध नियन्त्रण ब्युरोले दुई फरक घटनामा एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रवक्ता दुर्गाराज रेग्मी का अनुसार ललितपुर बाट ३८ वर्षीया कल्पना तामाङलाई २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।
अर्को घटनामा काठमाडौं महानगरपालिका–१५ कारखाना चोकबाट तीन जनालाई ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा भारतको बिहार बाट लागूऔषध ल्याउने २५ वर्षीय विपुल बर्मालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।












