काठमाडौँ, ७ चैत। उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको छ ।
शुक्रबार मध्यरातसम्म बसेको बैठकले विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ सदस्य चयन गरेको हो ।
सचिवालयमा वरिष्ठ नेता अनुप कुमार उपाध्याय, उपाध्यक्ष प्राडा महेन्द्र लावती, महासचिव धर्मबहादुर चौधरी रहेका छन् ।
सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपति चयन भएका छन् ।














