काठमाडौँ, ७ चैत । प्रधानमन्त्री सुशीला कार्कीले ईद-उल-फित्रको अवसरमा देश-विदेशमा रहेका मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेकी छन् ।
उनले रमजान महिनाको व्रतले सहनशीलता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गर्दै यी मूल्यहरूले समाजमा सद्भाव, सहअस्तित्व र एकता मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।
साथै, आपसी सम्मान, सहकार्य र भाइचाराको भावना बढाउँदै राष्ट्रको समृद्धिमा योगदान पुर्याउन सबैलाई आग्रह गरिन् ।














