काठमाडौं, ६ चैत । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको बताए । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएका छन् ।
परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएको हो ।
होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोहि क्रममा उनी पनि परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए ।














