काठमाडौं, ६ चैत । सुर्खेतकी १६ वर्षीया इनिसा विक को सामूहिक बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघर मण्डला मा प्रदर्शन भएको छ ।
स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले महिला हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै सरकारलाई दबाब दिएका छन् ।
प्रदर्शनकारीहरूले इनिसा विकलाई न्याय दे हिंसा सहिँदैन लगायतका नारासहित प्लेकार्ड बोकेका थिए ।
पोस्टमार्टम रिपोर्ट अनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ भने प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।
प्रदर्शनकारीहरूले छिटो न्याय र महिला सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।














