कठमान्डौँ, ५ चैत । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएपछि संविधानको धारा ७६ -१) अनुसार बहुमत दलको सरकार गठन हुनेछ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले झन्डै दुई तिहाइ बहुमत हासिल गरेको छ । रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुनेछन् र सोही अनुसार मन्त्रिपरिषद् गठन हुनेछ ।














