काठमाडौँ, ५ चैत । नेकपा एमाले की सचिव पद्मा अर्याल ले हालैको निर्वाचन परिणाम स्वीकार गर्दै पार्टीले अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएकी छन् ।
समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेले सरकारका सकारात्मक काममा सहयोग गर्ने र गलत कार्यमा खबरदारी गर्ने स्पष्ट पारिन् ।
उनले नयाँ सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई देशको विकास, रोजगारी सिर्जना र स्थायित्वका लागि काम गर्न आग्रह गर्दै एमाले जनताको मतको रक्षा गर्दै जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताइन् ।














