काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा सञ्चालन गरेको आवासीय अभिमुखीकरण कार्यक्रम दोस्रो दिन योगासँग सुरु भएको छ ।
मंगलबार उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेको कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने तालिका रहेको छ ।
पहिलो दिन अनुपस्थित रहेका लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह समापन सत्रमा सहभागी भई कार्यक्रम समापन गर्ने तयारी गरिएको छ ।














