काठमाडौं, ३ चैत । पूर्वराष्ट्रपति डा. रामवरण यादवले हालको निर्वाचनमा रास्वपाले पाएको ठूलो जनादेशको सदुपयोग गर्नुपर्ने बताएका छन् ।
पुस्तक विमोचन कार्यक्रममा उनले अघिल्ला निर्वाचनमा दुई तिहाइ मतको सही उपयोग हुन नसकेको उल्लेख गर्दै यसपटक त्यस्तो गल्ती दोहोरिन नदिन सुझाव दिए ।
उनले सबै राजनीतिक दलले जनताले दिएको म्यान्डेट स्वीकार गर्दै परिवर्तनलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रमा प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
साथै, संविधानको दायराभित्र रहेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने उनले स्पष्ट पारे ।














