काठमाडौं, २ चैत । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई राष्ट्रपति रामचन्द्र पौडेल सँग भेट गर्न शीतल निवास पुगेका छन् ।
भेटमा भट्टराईले भदौ २३ र २४ का घटनापछि उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न राष्ट्रपतिले खेलेको अभिभावकीय भूमिकाप्रति धन्यवाद दिएका छन् ।
उनले संविधानको क्रियाशीलता र लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न राष्ट्रपतिले दिएका सही दिशानिर्देशको उच्च सम्मान व्यक्त गरेका छन् ।














