नेपालगन्ज, २ चैत । औषधि व्यवस्था विभाग नेपालगन्जले पछिल्लो आठ महिनामा १६ वटा औषधि पसल निलम्बन गरेको छ ।
निलम्बनमा परेकामध्ये ११ पसल बाँकेका र पाँच पसल कैलालीका रहेका छन् । सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २0८२/८३ को साउनदेखि फागुनसम्म अनुगमनका क्रममा व्यवसायी अनुपस्थित रहेको, बिना दर्ता पसल सञ्चालन गरिएको, म्याद नाघेका औषधि फेला परेको लगायतका कैफियत भेटिएपछि कारबाही गरिएको हो ।
यस अवधिमा १४ मुद्दा अदालतमा दर्ता गरिएको छ। साथै, ४४१ औषधि पसलको अनुगमन गर्दा संकलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौँ पठाइएको विभागले जनाएको छ ।












