काठमाडौं, २ चैत । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।
यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडानहरू स्थगित गरिएको अधिकारीहरूले बताएका छन् ।
सोमबार भएको ड्रोन आक्रमणपछि विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएपछि सावधानीका रूपमा विमानस्थल बन्द गरिएको हो। दुबई मिडिया अफिसका अनुसार आगो नियन्त्रणका लागि प्रयास जारी छ ।
संयुक्त राज्य अमेरिका–इजरायल र इरान बीच फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण बढेका छन् ।
यसबीच विश्वकै व्यस्त हवाई अड्डामध्ये एक मानिने दुबई विमानस्थलमा २०२५ मा करिब ९ करोड यात्रुले यात्रा गरेका थिए ।














