काठमाडौं, १ चैत । राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनित भएका छन्।
प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्की ले उनलाई पाँच वर्षका लागि अध्यक्ष नियुक्त गरेकी हुन् ।
यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले राजीनामा दिएपछि रिक्त पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनयन गरिएको हो।
उनी हाल प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवसमेत हुन् । यसैबीच सरकारले ओमप्रकाश अर्याल लाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।














