काठमाडौं, १ चैत । प्रधानमन्त्रीको निवास बालुवाटार मा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरदेखि बैठक जारी छ । सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
उक्त प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन र त्यसलाई पूर्ण रूपमा सार्वजनिक गर्न दबाब बढ्दै गएको छ ।














