काठमाडौं, १ चैत । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेका छन् ।
पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ जना पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
क्लस्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाउने उनले जनाए ।
‘बन्दसूची हामी निर्वाचन आयोगमा आइतवारको पठाउँछौं । निर्वाचन आयोगले नै नामहरू सार्वजनिक गर्ने पनि उनले जाजकारी दिए ।














