जनकपुर, ४ फागुन । धनुषा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामविनोद यादव ४१ हजार ६३७ मतसहित विजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई करिब ३१ हजार मतान्तरले पराजित गरे ।
प्रतिस्पर्धामा रहेका कांग्रेसका दिनेशप्रसाद यादवले १० हजार १९८, नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ र नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत प्राप्त गरे ।
यससँगै धनुषाका तीन निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने क्षेत्र नम्बर १ को मतगणना मात्रै बाँकी छ ।












