काठमाडौं, २४ फागुन । फागुन २१ चुनावको बहिले २८ क्षेत्रको नतिजा आउन बाँकी रहेका छन् ।
जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेको छ ।
गत बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता रहेको छ । विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो ।
यो पटक स्पष्ट एकल बहुमतको रुपमा अगाडि आएका छन् । विघटित प्रतिनिधिसभामा पहिलो दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट यसपटक निकै खुम्चिएका छन् । रास्वपा बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा होमिएको थियो ।
बालेन काठमाडौं महानगरमा निवर्तमान मेयर थियो । २०७९ सालका स्वतन्त्र उठेर काठमाडौंको मेयरको चुनाव जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएको थियो । उनै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले एकल सरकार बनाउने गरी बहुमत पाएको छ ।
बालेन आफैँ झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उक्त क्षेत्र विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रह्यो ।














