खोटाङ, २४ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत खोटाङ क्षेत्र नम्बर–१ को अन्तिम परिणाम सार्वजनिक भएको छ ।
श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६,६१२ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका वीर काजी राई ११,९५७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
विजयी राईले एमालेका उम्मेदवारलाई ३,८९८ मतान्तरले पराजित८८ गरेका हुन् ।














