काठमाडौं, २२ फागुन । Rastriya Swatantra Party ले निर्वाचनमा विजयी हुने उम्मेदवारहरूलाई विजयोत्सव नगर्न निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको पीडा अझै कम नभएकाले र्याली, अबिर जात्रा वा उत्सव नगर्न पार्टीले आग्रह गरेको हो।
उपसभापति DP Aryal का अनुसार मतगणनास्थलमै धन्यवाद दिन सकिने भए पनि बाहिर कुनै र्याली वा उत्सव नगर्न निर्देशन दिइएको छ।
यो निर्देशन सभापति Rabi Lamichhane र वरिष्ठ नेता Balen Shah बाट आएको उनले बताए।














