मोरङ, २२ फागुन । मोरङ निर्वाचन क्षेत्र नं. ६ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता लिएकी छन् ।
हालसम्म ६ हजार १३५ मत गणना हुँदा ५ हजार ७३४ मत सदर भएको छ । जसअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२८ मत र नेकपा एमालेका विनोद ढकालले ६२७ मत पाएका छन् ।
काठमाडौँ विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी आचार्य युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएकी हुन् ।
प्रारम्भिक मतपरिणामले कोइरालाको प्रभाव क्षेत्र मानिने मोरङ–६ मा रोचक प्रतिस्पर्धा देखिएको छ ।














