महोत्तरी, २१ फागुन । महोत्तरीको बर्दिबास नगरपालिका-७ प्रेमनगरस्थित रानी माध्यमिक विद्यालय मतदान केन्द्रमा विवादका कारण केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।
बर्दिबास-७ का स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित वडाध्यक्ष रामसोभारत यादवले वारेस (प्रतिनिधि) नाममार्फत मतदान गर्न खोजेपछि केन्द्रमा विवाद भएको थियो।
विवादका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले यादवमाथि आक्रमण गरेको र त्यसक्रममा उनको नाकमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि केही समय मतदान रोकिएको भए पनि छलफलपछि दिउँसो १२:३९ बजेदेखि पुनः मतदान प्रक्रिया सुरु गरिएको छ।














