काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण फेला परेपछि उम्मेदवारी रद्द गरिएको प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
कर्जा सूचना केन्द्रको विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालदेखि कालोसूचीमा रहेको तथा विभिन्न मितिमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा एकल र संयुक्त रूपमा नाम उल्लेख भएको पाइएको छ ।














