सर्लाही, १५ फागुन । सर्लाहीमा सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या प्रकरणमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ ।
अनुसन्धानअनुसार वैकल्पिक उम्मेदवार गणेश कुमार महतोले प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सब–इन्जिनियर पदमा स्थायी नियुक्ति पाउने लोभमा योजनाबद्ध रूपमा हत्या गराएको खुलेको छ ।
फोन गरेर डेराबाट बाहिर बोलाई गोली हानिएको यादवको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा प्रयोग गरिएको पेस्तोल, मोटरसाइकल र मोबाइल फोन बरामद गरिएको छ ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान र हातहतियारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














