काठमाडौं, १५ फागुन । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण रहेको दाबी गरेको ६५८ दिन बितिसक्दा पनि प्रमाण नदेखाएको आरोप लगाएका छन् ।
चितवनमा आयोजित चुनावी सभामा उनले प्रमाण नचाहिएको भन्दै कटाक्ष गरे । साथै, फागुन २१ गते प्रमाण देखाउन चुनौती दिँदै आफूहरू मागेर होइन, काम गरेर देश बनाउने पक्षमा रहेको बताए ।














