काठमाडौँ, ५ फाल्गुन । आज बिहान हेटौँडा उपमहानगरपालिका–१६ स्थित चिसापानी चोक मा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् ।
बिहानै बजार निस्किएका स्थानीयले उक्त वस्तु देखेपछि सुरक्षा निकायलाई जानकारी गराएका थिए ।
घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी को टोली पुगेर शंकास्पद वस्तुको परीक्षण तथा नष्ट गर्ने तयारी गरिरहेको छ ।














